बाँके- बाँकेमा दुई जना युवतीको डुबेर ज्यान गएको छ। राप्ती नदीमा डुबेर बाँकेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर (डाँडा टेपरी) बस्ने २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको ज्यान गएको हो।
बयर टिप्न पुगेका उनीहरू राप्तीमा डुबेर बेपत्ता भएका थिए। शनिबारदेखि बेपत्ता दुवै जनाको शव आइतबार बिहान राप्ती नदीमा फेला परेको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका हुन् ।