कपिलवस्तु- समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा एक जना जनप्रतिनिधिको निधन भएको छ।
विजयनगर गाउँपालिका वडा नम्बर ३ की वडा सदस्य माधुरी लोहारको समयमै प्रसूति सेवा नपाउँदा ज्यान गएको प्रहरीले जनाएको छ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित लोहोरलाई सुत्केरी व्यथाले च्यापे पनि समयमा उपचार नपाउँदा निधन भएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए।
यादवले सामाजिक सन्जाल प्रसूति सेवाकै अभावमा महिला जनप्रतिनिधिले ज्यान गुमाउनु परेको उल्लेख गरेका छन्।