काठमाडौं- मंसिर मध्य लाग्दै गर्दा देशभरको चिसो बढ्दो क्रममा रहेको छ। आज सबैभन्दा बढी चिसो जोमसोममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान साढे ७ बजेको मापनमा सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४ डिग्री रहेको छ। यस्तै, जुम्लामा माइनस ३.५, र जिरिमा १.६ रहेको छ।
काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशका पहाडी भूभागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद हिरा भट्टराईले बताइन्।
आज तराईमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।