काठमाडौं- नेकपा एमालेका नेता तथा काभ्रेबाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको अवस्थामा फेला परेको छ।
भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला प्रहरीले जनाएको छ। घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएको हो।
बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद बस्तु देखिएपछि खबर गरेको बास्कोटाको स्वकीय सचिव नवराज ढकालले जानकारी दिए।
प्रहरीले अहिले उच्च सावधानी अपनाएको र सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको बताइएको छ।