सोमबार, भदौ ९, २०८२

सिङ्जाका बाढी पीडितलाई राहत वितरण

जुम्लाको सिङ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहका ३७० घरधुरीका बाढीपीडितलाई राहत वितरण गरिएको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

जुम्ला- जुम्लाको सिङ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहका ३७० घरधुरीका बाढीपीडितलाई राहत वितरण गरिएको छ।

कनकासुन्दरी गाउँपालिकाका १५० घरधुरी, हिमा गाउँपालिका १२० घरधुरी र सिङ्जा गाउँपालिकाभित्रका १०० घरधुरीलाई राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

गत असोज महिनाको अन्तिम साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले सिङ्जा भेगका तीन पालिका सबभन्दा धेरै धनजन क्षति भएको थियो।

सरकारले सिङ्जा क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। उक्त क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेसनल नेपालको सहयोगमा त्रिपाल, कम्बल, झुल लगायत राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए।


प्रकाशित: Dec 04, 2022| 07:32 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।