स्याङ्जा- स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्। उनले नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै निर्वाचित भएका हुन्।
५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई पछि पार्दै गुरुङ निर्वाचित भएका हुन्। गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार टीकराज गुरुङले ८ हजार एक सय १३ मत ल्याएका छन्। निर्वाचन अधिकृतको कार्यालयबाट घोषण हुन भने बाँकी छ।
समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो।