जुम्ला- जुम्लामा जन्ती गएर घर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ। तिला गाउँपालिका-६ का अन्दाजी ४७ वर्षीय देव रावतको लडेर मृत्यु भएको हो।
रावतले अत्यधिक मदिरा सेवन गरेकाले लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए। सँगैका साथीहरू समयमै घर फर्किए पनि उनी नआएपछि खोजी गरिएकोमा तिला १ राराको सेरी बजारबाट घर फर्केका रावतको लडेर मृत्यु भएको हो।
शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने काम भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।