दार्चुला- भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु भएको छ।
व्यास गाउँपालिका-३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार शुक्रबार घाँस काट्ने क्रममा भीरबाट लडेर डडालको मृत्यु भएको हो।