सोमबार, भदौ ९, २०८२

गोरखा र धादिङमा गरी दुई जना मृत फेला

गोरखा र धादिङमा गरेर दुई जना मृत फेला परेका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं- गोरखा र धादिङमा गरेर दुई जना मृत फेला परेका छन्।

गोरखाको, धार्चे गाउँपालिका-५ लप्सिबोट घर भई चुमनुब्री गाउँपालिका-५ बिहिमा होटल गरी बस्ने ४१ वर्षीय पूर्ण बहादुर गुरुङ चुमनुब्री गाउँपालिका-५ स्थित पेवा र न्याक फेदीको बिच जङगलको बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। 

गत मंगलबार होटलबाट घर जान्छु भनी हिँडेका उनी घर नपुगेपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो।

धादिङ, निलकण्ठ नगरपालिका-२ भुलभुले बस्ने ७० वर्षीय टेक बहादुर थापा सोही ठाउँस्थित झ्यापुङ खोला नजिकैको भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। वडा कार्यालय जान्छु भनी हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Dec 03, 2022| 12:07 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।