जनकपुरधाम- धनुषामा जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन्। ज्यान गुमाउने मध्ये पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको पहिचान खुले पनि अन्यको परिचय खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।