झापा- दुई वटा ट्रयाक्टरसहित झापा प्रहरीले अबैध काठ नियन्त्रणमा लिएको छ।
शुक्रबार करिब साढे २ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्बर १ गाडागल्लीस्थित पातापुरबाट आउँदै गरेका मे१त ७८५४ र मे१त ३७४० नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको हो।
बरामद काठ र ट्रयाक्टरको अन्दाजी मुल्य झण्डै २० लाख ५० हजार रुपैयाँ मुल्याङकन गरी आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।