स्याङ्जा- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को (क) तर्फ नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिइरहेका छन्।
सुरुबाट नै अग्रता लिई रहेका एमालेका बुद्धिमान श्रेष्ठलाई २३ मतले पछि पार्दै कांग्रेसका भट्टराईले अग्रता बनाएका हुन्। भट्टराईले नौ हजार ८६९ मत ल्याउँदा श्रेष्ठको नौ हजार ८४६ मत प्राप्त गरेका छन्।