सोमबार, भदौ ९, २०८२

कीर्तिपुरमा सात गाउँले जात्राको रौनक

परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुंगलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

कीर्तिपुर– राजधानीको दक्षिण पश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको सातगाउँले जात्रा शुक्रबारदेखि सुरु भएको छ। यो पर्व कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ। यस क्रममा पाँगाको बालकुमारी र विष्णुदेवीको रथ यात्रा हुँदै चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका  गाउँका शक्ति पीठबाट रथयात्रा गराइन्छ। 

परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुंगलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ। आमालाई भेट्न हरेक वर्ष मंसिर शुल्क नवमीका दिन सन्तान आउने विश्वासअनुसार आगामी शनिबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठीयार र गाउँलेले बाजागाजा ल्याउँछन्। यात्रा हेर्न  उपत्यकाका सबै ठाउँका नेवार समुदाय बल्खु पुग्ने गर्छन्।

सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्छ। आमा मानिने विष्णुदेवीलाई भेट्न सन्तानबीचमा उछिनपाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीय देवलाल श्रेष्ठ बताउँछन्। 

भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरी अर्थात् सतुंगलकी देवी बिनाशृंगार बल्खु पुगेकी थिइन् र मच्छेगाउँकी देवी भने शृंगारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पीठ फर्काएर बाहिरै बसिन्।

यसैअनुरुप बल्खुमा सतुंगलकी देवीको रथ बिना गरगहना पहिल्यै पु¥याइन्छ भने मच्छेगाउँकी देवीको रथ मन्दिर बाहिरै पीठ फर्काएर राखिन्छ। रथ पु¥याएपछि दिनभर पूजाआजा गरी पुनः सम्बद्ध गाउँमा जात्रासहित फर्काउने परम्परा रही आएको छ।  

जात्राको प्रमुख स्थल बल्खुको नाम पनि शक्तिपीठसम्बन्धी किंवदन्तीसँग जोडिएको छ। राजधानीको पश्चिममा रहेकी तान्त्रिक देवी ‘लुङ्टीअजिमा’ इन्द्रायणी देवीको पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन गरिएकामा एक वर्ष हवन गरी चढाएका एक जोडी परेवा बाहिर उडी गएको र तिनै परेवा बसेको ठाउँलाई नै बखु भनिएको हो। 

यसरी परेवा उडी कीर्तिपुरको पश्चिमतर्फ (हाल बल्खु) तिर गएपछि त्यहाँ परेवा आहुति दिन छोडिएको जनविश्वास छ । स्थानीय मंगलदास श्रेष्ठका अनुसार नेपाल भाषामा ‘बखु’ को अर्थ परेवा हुन्छ। उडेर हराएका परेवा त्यस क्षेत्रमा धेरै समयसम्म खोज्दा पनि भेटाउन नसकिएकाले ‘बखु मदु’ (परेवा नभएको) स्थान  भन्न थालियो। त्यसको अपभ्रंश भई हाल यस ठाउँलाई बल्खु भनिएको उनको भनाइ छ।

त्यसै स्थानमा वरपरका सबै नेवार बस्तीमा विष्णुदेवी, इन्द्रायणी, ब्रह्मायणी, माहेश्वरी, कुमारी, वाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, अष्टमात्रिकाको पूजा गरिन्छ। स्थानीय नेवार समुदायको प्रमुख पर्व भएकाले सातै गाउँमा घरको सरसफाइ, पाहुना पासाको आगमन र पूजाको तयारी सुरु भएको छ। यसै अवसरमा नेवारी बाजाको टोली तयार गर्ने काम करिब एक साताअघि सुरु भएको थियो। 

मच्छेगाउँका स्थानीय देवकुमार देशारका अनुसार नेपाल भाषामा मुःय भनिने आजका  मन्दिरमा राखिएको रथलाई रथयात्रा सुरु हुने मण्डपमा ल्याई सरसफाइ र रङरोगन गरिन्छ। साथै, अतिथिको स्वागत र परम्परागत नेवारी खाना पकाउने काम घरघरमा सुरु भएको छ।सिंगारिएको रथमा देवीदेवताको प्रतिमा राख्ने र सबै गाउँलेबाट पूजा गराउने काम गरी सिन्दूरे जात्रासहित बल्खुमा लगिने उनले जानकारी दिए।–रासस

प्रकाशित: Dec 02, 2022| 16:23 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।