बिहीबार, असार २६, २०८२

पाँचौं वार्षिकोत्सवमा अवसरमा भिभोको सेल्स कार्निभल

भिभो स्मार्टफोन ब्रान्डले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं- भिभो स्मार्टफोन ब्रान्डले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ।

विगत पाँच वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप, भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको हो। पाचौं वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले आफ्ना प्यारो उपभोक्ताहरूलाई आभार प्रकट गर्न आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल आजबाट शुरु गरेको छ।

भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्र मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र रु ३०,००० भन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टी सहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन्।

पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सक्छन् जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४जीवी) को मूल्यमा रु.१००० ले घटाइएको छ। त्यस्तै वाई१५एस र वाई१५सी को मूल्य रु. १५०० ले घटाइएको छ। यससंगै कार्निभल अवधिका लागि वाई२१, वाई१५एस र वाई१५सी को नयाँ मूल्य क्रमशः रु २१,९९९, रु १८४९९ र रु.१६,४९९ रहेको छ।

साथै, भिभोले प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म “भिभो सर्भिस डे” संचालन गर्दछ जहाँ ग्राहकहरूलाई सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क उपलब्ध हुन्छ। यो योजना मंसिर १५ गतेदखि पुष १६ गतेसम्म लागू हुनेछ।


प्रकाशित: Dec 02, 2022| 15:10 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्