बिहीबार, असार २६, २०८२

नेपालपे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपालपे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं- बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपालपे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ।  चार महिनाको छोटो अन्तरालमा १ लाखभन्दा बढी मर्चेन्टहरु क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यतामा थप मद्दत पुग्ने विश्वास गरिएको छ। 

नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो। क्यूआर स्किमका रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।

विभिन्न व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा ई–कमर्स पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एन्ड्रोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ। यसका निम्ति हाल एभरेस्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनसीसी बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्सलगायत पे. नेप. प्रालि (मोरु) तथा फोकसवान सोलुसन्स (मोको) मार्फत सो सेवा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरु पनि थपिने क्रममा रहेका छन्। 

हाल विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आईपीएस मोबाइल एपमार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ। हाल उक्त सुविधा माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपालक्रेडिट एण्ड कमर्स बैंक, एनआईसीएसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलपे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ, २ वटा वालेट र कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध रहेको छ। 

नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।


प्रकाशित: Dec 02, 2022| 15:09 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्