बिहीबार, असार २६, २०८२

बीवाइडीको साउथ एसिया रिजनल मिट काठमाडौंमा

विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको साउथ एशिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं- विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको साउथ एशिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ। उक्त कार्यक्रम नोभेम्बर २४ तारिकमा काठमाडौंमा भएको थियो। कार्यक्रममा बीवाइडी हेडक्वाटर सान्जेनका प्रतिनिधिहरु, बीवाइडी इन्डिया र नेपालको आधिकारीक वितरक साइमेक्स इंकको सहभागीता रहेको थियो।

विश्वमा ईभी प्रतिको चाख बढ्दै गएसँगै दक्षिण एशियाका देशहरुमा पनि ईभीको उपभोग बढ्दो क्रममा रहेको छ। ईभीको बजारलाई लिड गर्ने उद्देश्यका साथ गएको ६ महिनामा नेपाल र इन्डियामा बीवाइडीका शोरुम, वर्कसप, चार्जिब स्टेशन जस्ता आवश्यक पूर्वाधार तिब्र गतिमा विस्तार भइरहेका छन्।

काठमाडौंमा भएको दक्षिण एशियाली डिलरहरुको सम्मेलनमा बीवाइडीकोसाउथ एशिया हेर्ने डेपूटी जनरल मेनेजर केत्सु जांबलेकम्पनीको योजना र विश्वभर बीवाइडीको विक्रीको अवस्थाको विषयमा चर्चा गरेका थिए। बीवाइडीको न्यू इनर्जी भेहिकलको विक्री संख्या ३० लाख पुगेको भन्दै जांबले भने बीवाइडीको दक्षिण एशिया क्षेत्रका डिलर पार्टनर र कम्पनी बीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्ने छ।’

कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी ईभीको प्रयोगमा दक्षिण एशियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरेकी थिइन्।  बीवाईडी इन्डियाका विभिन्न दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, बंगलोर, आन्द्र प्रदेश, कर्नाटका लगायत १३ सहरका डिलर ग्रुपको सहभागिता रहेको थियो। 

साइमेक्स इंक नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीको एकमात्र आधिकारीक वितरक हो। साइमेक्सले काठमाडौं, ललितपूर, पोखरा, चितवन, विराटनगर, विर्तामोड, बुटवल, नेपालगंज धनगढीमा डिलर नेटवर्क विस्तार गरिसकेको छ।


प्रकाशित: Dec 02, 2022| 15:07 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्