सोमबार, भदौ ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच सम्झौता

आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच सम्झौता

वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय निर्माण गर्ने र सोही जलाशयमा जलविहार गर्ने मुख्य उद्देश्यसहित अगाडि बढाइएको आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच बुधबार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

स्याङ्जा- आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका विषयमा स्याङ्जाको वालिङ नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौंबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय निर्माण गर्ने र सोही जलाशयमा जलविहार गर्ने मुख्य उद्देश्यसहित अगाडि बढाइएको आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच बुधबार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

वालिङ नगरपालिकाले आँधीखोलामा जलाशय निर्माण गरी जलविहारको व्यवस्था मिलाइ आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्नका लागि सार्वजनिक निजी साझेदारीमा विकास, लगानी, निर्माण एवं सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए।

‘यो दीर्घकालीन महत्व र वालिङको गौरवको योजना पनि हो’, उनले भने, ‘सरकारी निजी साझेदारी पिपिपि मोडेलअन्तर्गत आँधीखोलामा जलविहार सञ्चालन गर्ने र त्यसका लागि आर्थिक तथा प्राविधिक सहयोगीसँग समन्वय र स्रोतको व्यवस्थापन गर्ने विषयमा निफ्रासँग सहमति पत्रमा हस्ताक्षर भएको हो।’

नगरपालिकाले आँधीखोलामा बाँध बाँधेर जलविहार गर्न सकिने, आँधीखोलाको दुवै किनारमा रहेको कोरिडोरको सौन्दर्यकरणमा जोड दिने, निर्माण भएको जलाशयमा माछा पाल्ने र सीमान्तकृत अवस्थामा रहेको माझी जातीको पेसा व्यवसायको संरक्षण, आँधीखोलाको वातावरणीय संरक्षण साथै पर्यटकीयस्थल बाहुनथानदेखि वालिङ बजार नजिकै जिपलाइन निर्माण गर्नेजस्ता मुख्य कार्य यो परियोजनाअन्तर्गत रहेकाले पूर्वसम्भाव्यता अध्ययन गरिसकेको उनले बताए।

‘नगरपालिकाको तर्फबाट पूर्वसम्भाव्यता अध्ययन गरिसकेका छौँ, उनले भने,’ ‘हाम्रोतर्फबाट गरिएको अध्ययनका विषयमा निफ्रासँग छलफल गर्‍यौँ, उहाँहरु यो परियोजनाका विषयमा आकर्षित हुनुभयो।’

नगरपालिकाका तर्फबाट परियोजना स्थलमा गर्नुपर्ने प्रक्रिया र निफ्राका तर्फबाट गरिने कार्य सहमति पत्रमा उल्लेख गरिएको छ। 

पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको निफ्राले वालिङ नगरपालिकाले अगाडि सारेको परियोजनालाई ठोस रुप दिनका लागि सहमति पत्रमा हस्ताक्षर गरेको निफ्राको पब्लिक सेक्टर न्यू इनिसियटिभ प्रमुख स्मृति शर्माले बताए।

सरकारी निजी साझेदारी पिपिपि मोडेलअन्तर्गत रहेर उक्त परियोजनाको थप सम्भाव्यता अध्ययन गर्ने, विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र अध्ययनबाट सम्भव देखिएमा लगानीको प्रक्रिया अगाडि बढाइने उनले बताए।

वालिङ नगरपालिकाले तयार पारेको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार वालिङ नगरपालिका वडा नम्बर ८ र ९ मा रहेको खेलमैदान नजिकै एउटा बाँध, वालिङ ६ र ९ स्थित मजुवामा एक गरी दुई वटा बाँध बाँधी जलाशय निर्माण गरिने छ। परियोजना निर्माणका लागि करिब  ४५ करोड रुपैयाँ लगानी लाग्ने पूर्वानुमान वालिङ नगरपालिकाले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।   -रासस

प्रकाशित: Dec 02, 2022| 17:30 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।