मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं, भक्तपुर र गुल्मीमा गरी लडेर तीन जनाको मृत्यु

काठमाडौं, भक्तपुर र गुल्मीमा गरी लडेर तीन जनाको मृत्यु

काठमाडौं महानगरपालिका कपन बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका २५ वर्षीय पवन राईको घरको झ्याल फिट गर्ने क्रममा लडेर बिहीबार दिउँसो मृत्यु भएको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा लडेर तीन जनाको ज्यान गएको छ। काठमाडौं महानगरपालिका कपन बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका २५ वर्षीय पवन राईको घरको झ्याल फिट गर्ने क्रममा लडेर बिहीबार दिउँसो मृत्यु भएको छ। 

नागार्जुन नगरपालिका-१ आर्मी कलेज पछाडी बस्ने ६९ वर्षीय सिताराम लामिछानेको घरको झ्याल फिट गर्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

भक्तपुर, मध्यपुरठिमी नगरपालिका-६ मिलरोड बस्ने १७ वर्षीय भुमिन लाल श्रेष्ठको आफ्नै घरबाट लडेर बिहीबार साँझ मृत्यु भएको छ। आफ्नै घरको चौथो तल्लाबाट लडेर गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो। 

गुल्मी, मुसिकोट नगरपालिका-७ वामिटक्सार बस्ने विष्णु प्रसाद आचार्यकी छोरी ५ वर्षीया झरना आचार्यको लडेर बिहीबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँ बस्ने मामा नाता पर्ने लोकनाथ काफ्लेको घरको बिच तलामा रहेको बरण्डाबाट अचानक लडेर खस्दा गम्भीर घाइते भएकी उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौंतर्फ लैजाने क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको जनाएको छ।

प्रकाशित: Dec 02, 2022| 13:01 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।