बाजुरा- बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले अग्रता लिएका छन्। शाहीले २ हजार ६ सय ६४ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मी १ हजार १ सय २७ मतका साथ शाहीलाई पछ्याइरहेका छन्।
नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्माले दुई सय ५३ मत ल्याएका छन्।