बुधबार, भदौ ११, २०८२

नवलपुर जिप दुर्घटनामा अपडेट : मृतक चारै जनाको सनाखत

नवलपुरको हुप्सेकोट गाउँपालिका-५ स्थित कान्छी पानी भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

कावासोती- नवलपुरको हुप्सेकोट गाउँपालिका-५ स्थित कान्छी पानी भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

दलदलेबाट डेडगाउँ जाँदै गर्दा ग.प्र ०७ ००१ ज ०००६ नम्बरको बोलेरो जिप सडकबाट करिब १५० मिटर तल खसेर दलदलेबाट डेडगाउँ जाँदै गर्दा धोबादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो। 

बिहीबार साँझ भएको दुर्घटनामा परेर मृत्यु हुनेमा बुलिङटार ६ का होमबहादुर रानाभाट, बुलिङटार ५ कि मनसुभा बराल, बौदीकाली-२ कि केसरी दराई र ठेगान नखुलेका यामबहादुर ठाडा रहेको प्रमुख तिवारीले जानकारी दिए।

त्यसै गरि दुर्घटनामा घाइते भएका जिप चालक दुर्गा बहादुर बिरकट्टा, फुलमाया कुमाल, सुनिता रानाभाट, निश्छल रानाभाट खेमचन्द्र दराई,सिजन दराई, सुना सुनार र उत्तम खत्रीलाई उपचारको लागि अस्पताल पठाइएको र सामान्य घाइते धनजित नेपाली र देवबहादुर नेपालीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको तिवारीले बताए।

प्रकाशित: Dec 02, 2022| 07:04 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।