स्याङ्जा- स्याङ्जा २ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्।
निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन्।
उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मतका साथ पछ्याइरहेकी छन्। अहिले गुरुङ र अर्यालबीचको मतान्तर दुई हजार ४१८ मतको रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन्।