बिहीबार, असार २६, २०८२

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटन सम्मेलन

तीन दिने सम्मेलनमा १०० पर्यटनकर्मी र वैज्ञानिकलगायतको सहभागिता छ।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं– काठमाडौंको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। बिहीबार संस्कृति तथा पर्यटन, नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरे।

मन्त्री श्रेष्ठले सम्मेलन नेपालको पर्वतीय पर्यटनमा आवश्यक पर्ने नीतिगत परिवर्तनका लागि विशेष कोसेढुंगा सावित हुने बताए। कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले सम्मेलन नेपालको पर्वतीय पर्यटनमा सहयोगी हुनेमा विश्वास व्यक्त गरे। 

सम्मेलनमा अमेरिकन भूगर्भविद् डा आलटेन बायरले नेपालमा हुने पूर्वाधार विकास निर्माणको कामले पर्वतीय पर्यटकीय स्थल लोप हँुदै गएका र यस्ता स्थान संरक्षण गर्नुपर्ने बताए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले तीन दिने सम्मेलनमा १०० पर्यटनकर्मी र वैज्ञानिकलगायतको सहभागिता रहेको जानकारी दिए। उनले दिगो पर्वतीय क्षेत्रमा भएका विभिन्न अनुसन्धान र विश्व जलवायु परिवर्तनको समयमा पर्वतीय पर्यटन क्षेत्रका समस्या समाधानबारे छलफल हुने बताए।–रासस

प्रकाशित: Dec 01, 2022| 16:49 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्