मंगलबार, भदौ १०, २०८२

समानुपातिक मतमा एमालेको अग्रता कायमै, दोस्रो कांग्रेस

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ। आज अपराह्न २:३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा  एमालेको अग्रता कायम छ। प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा सो पार्टी अगाडि छ। 

हालसम्मको एक करोड दुई लाख ८२ हजार सात सय १९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभातर्फ २७ लाख ३५ हजार आठ सय १७ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २६ लाख सात हजार आठ सय ३१, नेकपा माओवादी केन्द्रले ११ लाख ५७ हजार चार सय ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १० हजार सात सय ६३ मत प्राप्त गरेको छ। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८२ हजार आठ सय ७५, जनता समाजवादी पार्टी नेपालले चार लाख १९ हजार चार सय ५७, जनमत पार्टीले तीन लाख ९३ हजार एक सय ७४, नेकपा एकीकृत समाजवादी ले दुई लाख ९३ हजार छ सय २९, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६९ हजार एक सय ७० मत प्राप्त गरेको छ। 

प्रदेशसभाअन्तर्गत प्रदेश नं १ मा एमालेले छ लाख ३२ हजार सात सय चार, कांग्रेसले पाँच लाख ३२ हजार आठ सय ४५, राप्रपाले एक लाख ९१ हजार सात सय ७१ र माओवादी केन्द्रले एक लाख ७७ हजार सात सय २१ मत प्राप्त गरेको छ। 

मधेसमा कांग्रेसले तीन लाख ९९ हजार पाँच सय ८९, एमाले तीन लाख ५१ हजार दुई सय ८४, जनमत पार्टीले तीन लाख २४ हजार तीन सय ३३, जसपा नेपाल एक लाख ९६ हजार तीन सय ४०, माओवादी केन्द्रले एक लाख ८० हजार एक सय चार, एकीकृत समाजवादीले एक लाख १३ हजार पाँच सय ९० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख १२ हजार तीन सय ४४ मत प्राप्त गरेको छ। 

बागमतीमा एमालेले पाँच लाख ५४ हजार छ सय ६२, कांग्रेसले चार लाख ६३ हजार पाँच सय २८, माओवादी केन्द्रले दुई लाख ६९ हजार दुई सय ५४ र राप्रपाले दुई लाख ६६ हजार सात सय ४२ तथा गण्डकीमा एमालेले तीन लाख ४२ हजार आठ सय ७२, कांग्रेसले तीन लाख १९ हजार चार सय नौ र माओवादी केन्द्रले एक लाख १५ हजार चार सय आठ मत प्राप्त गरेको छ। 

लुम्बिनीमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ। 

कर्णालीमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले एक लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, कांग्रेसले दुई लाख ४३ हजार ३९ र माओवादी केन्द्रले एक लाख १८ हजार नौ सय तीन मत प्राप्त गरेको छ। 

प्रकाशित: Dec 01, 2022| 15:30 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...