बिहीबार, असार २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • गभर्नर अधिकारीको प्रश्न- के केन्द्रीय बैंकले व्याजदर तोक्नुपर्ने हो?

गभर्नर अधिकारीको प्रश्न- के केन्द्रीय बैंकले व्याजदर तोक्नुपर्ने हो?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर नियन्त्रण गर्ने वा बजारलाई छोड्ने बारे गम्भीर बहस गनुपर्ने बताएका छन्।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर नियन्त्रण गर्ने वा बजारलाई छोड्ने बारे गम्भीर बहस गनुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औं वार्षिकोत्सवका अवसरमा गभर्नर अधिकारीले व्याजदर निर्धारण गर्ने विषयमा बहस गर्न राष्ट्र बैंक तयार रहेको बताए। 

उनले भने, ‘के नेपाल राष्ट्र बैंकले व्याजदर तोक्नुपर्ने भनेको हो? यहाँको सुझाव यही हो? यसमा पनि बहस गर्नुजरुरी छ। गाँजा जस्तो सानो कुरामा बहस गरिहेका छैनौं, हामी समग्र अर्थतन्त्रको विषयमा गम्भीर कुरा गरिरहेका छौं।’ 

त्यस्तै उनले दुई खर्बको विदेशी मुद्रा सञ्चितिका लागि ६५ वर्ष लागेको तर गत एक वर्षमा नै झण्डै सो रकम बराबरको विदेशी मुद्राको सञ्चिति गुमाउन पुगेको बताए। 

त्यस्तै उनले चालुपुँजी कर्जाको विषयमा पनि पर्‍याप्त समय दिएको दाबी गरे । उनले भने, ‘चालुपुँजी कर्जा मार्गदर्शन २०७८ को पुसमा सो मार्गदर्शनमा कन्सल्टेसनका लागि पठाइएको र आएको सुझावको आधारमा भदौमा जारी गरी कार्तिकदेखिमात्र लागू गरेका छौं। अझै पनि हामी संसोधन गर्न तयार रहेका छौं।’ 

व्यापारी व्यवसायीले भने चालुपुँजी कर्जा तत्कालको लागि लागू नगरी केही समय रोक्नका लागि आग्रह गर्दै आइरहेका छन्। 

त्यस्तै गभर्नर अधिकारीले नेपालले लिइरहेको ‘मार्केट इकोनोमिक्स’को नीतिको बारेमा पनि गम्भीर बहस गर्नुपर्ने दाबी गर्दै भने, ‘हाल देशले लिइरहेको 'लिवरल इकोनोमी' र संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र भनेको एकै हो कि फरक हो? भनेर बहस चलाउनु जरुरी छ।’ 

यदि हामीले हाल भइरहेको आर्थिक नीतिभन्दा अर्को नीति अपनाउने हो भने पनि त्यसबाट उत्पन्न हुने सम्पूर्ण समस्याको सामना गर्न पनि तयार हुनुपर्ने धारणा राखे। त्यस्तै उनले रेमिट्यान्सकै भरमा अर्थतन्त्र कहिलेसम्म चलाउने? भनेर प्रश्न गर्दै, आयात रोक्दा राजश्व घट्ने हुँदा त्यसतर्फ पनि ध्यान दिनुपर्ने धारणा राखे। 

उनका अनुसार नेपालले आयात रोकेकै कारण करिव ३० अर्बको राजश्व गुमाएको भन्दै सधैभरी आयात रोक्न नसकिने दाबी गरे। 

उनका अनुसार हाल राष्ट्र बैंकको नीतिले काम गरिरहेको बताउँदै मागमा कमी आइरहेको जानकारी दिए। 

त्यस्तै समस्यामा फसीसकेको अर्थतन्त्रलाई ‘कम व्याक’ गराउनका लागि पनि राष्ट्र बैंकको नीतिले काम गरेको उनको दाबी छ। उनका अनुसार देशको आर्थिक विकास गर्न चाहने हो भने सवै मिलेर अगाडी बढ्नु जरुरी रहेको औंल्याए।

प्रकाशित: Dec 01, 2022| 12:20 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्