बिहीबार, असार २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : कांग्रेस महामन्त्री थापा

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : कांग्रेस महामन्त्री थापा

अर्थतन्त्र यथास्थितिमा चल्न नसक्ने र आपतकालीन अवस्था आउन सक्ने हुँदा सरकार र निजी क्षेत्र हातेमालो गरी अगाडि बढ्नुपर्नेमा नेता थापाको जोड।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य जरुरी रहेको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सव अवसरमा नेता थापाले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका हुन्। 

अर्थतन्त्र यथास्थितिमा चल्न नसक्ने र आपतकालीन अवस्था आउन सक्ने हुँदा सरकार र निजी क्षेत्र हातेमालो गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘मुलुकको अर्थतन्त्र यही अवस्थामा चल्न सक्दैन। अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ। अर्थतन्त्र सबल बनाउन  निजी क्षेत्रको साथ आवश्यक छ।’

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताए। ‘निजीकरण मोडलमा त्रुटि भए सुधार गर्नुपर्छ।  अर्थतन्त्र चलायमान बनाउन सही नीति र सही नेतृत्व आवश्यक छ’, उनले भने।

प्रकाशित: Dec 01, 2022| 11:52 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्