बुधबार, भदौ ११, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनको ज्यान गएको छ।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं- देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनको ज्यान गएको छ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-१५ पत्थरडाँडास्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपी ५६ ए १५९४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक भारत घर भएका ६३ वर्षीय हरजद अली मुसलमानको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

पर्सा, वीरगंज महानगरपालिका-२५ चण्डाल चोकमा ना.३ ख ६०७५ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-२४ बहुअरी बस्ने ७० वर्षीय रुपा राउत कुर्मीको बुधबार दिउँसो मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Dec 01, 2022| 11:34 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।