काठमाडौं- सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की र एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतभन्दा पछि परेका छन्।
पछिल्लो मत परिणाम अनुसार कार्कीले २९ हजार ८९२ मत ल्याएका छन् भने कुसियैतले २९ हजार ९३१ मत प्राप्त गरेका छन्।
कार्कीभन्दा कुसियैत ३९ मतले अघि लागेका हुन्। अब यहाँ १२ सय बढी मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।