काठमाडौं- मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।
मतगणना जारी रहेको सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा देखिएको छ।
कार्कीले पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार जगदीश कुसियैतलाई २५ मतले पछि पारेका छन्। कार्कीले २९ हजार ३१७ मत ल्याउँदा कुसियैतको २९ हजार २९२ मत प्राप्त गरेका छन्।