मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सुकुम्बासी प्रकरण : वडाध्यक्षबाट घेरिएपछि पछि हटे बालेन, समन्वयपछि हटाउने निष्कर्ष

सुकुम्बासी प्रकरण : वडाध्यक्षबाट घेरिएपछि पछि हटे बालेन, समन्वयपछि हटाउने निष्कर्ष

बुधबार बिहान वडाध्यक्षले मेयरलाई प्रक्रियाका विषयमा प्रश्न उठाएपछि समन्वय गरेर बस्ती हटाउने प्रक्रिया सुरु गर्ने निष्कर्षमा बैठक पुगेको हो।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका वडाध्यक्ष र मेयर बालेन्द्र साहबीचको बैठकले समन्वय गरेर मात्रै सुकुम्बासी बस्ती हटाउने निष्कर्ष निकलेको छ। बुधबार बिहान वडाध्यक्षले मेयरलाई प्रक्रियाका विषयमा प्रश्न उठाएपछि समन्वय गरेर बस्ती हटाउने प्रक्रिया सुरु गर्ने निष्कर्षमा बैठक पुगेको हो। 

बैठकमा कुनै समन्वय नगरी डोजर लिएर बस्ती खाली गर्न गएको विषयमा वडाध्यक्षहरूले मेयर बालेन्द्र साहलाई प्रश्न उठाएका थिए। जवाफ दिँदै मेयर बालेन्द्र शाहले बस्तीका घर भत्काउन नभई घोषणा गर्न मात्रै गएको दाबी गरेका थिए। 

'कानुनी रुपमै हट्नुपर्छ भन्ने निर्णयपछि पनि नहटे अन्तिम विकल्प मात्रै डोजर हुन सक्छ,' बैठकमा सहभागी एक वडाध्यक्षले भने, 'बैठकमा अब सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै अघि बढ्ने कुरा भएको छ।'

काठमाडौं महानगरपालिका कार्यालयका प्रवक्ता नवीन मानन्धरले सरोकारवालासँग थप सहकार्य र समन्वय गर्ने निष्कर्षमा बैठक पुगेको जानकारी दिए। बस्ती खाली गर्ने विषयमा दुईमत नभएको तर सबै प्रक्रिया पूरा गरेर जानुपर्ने निष्कर्षमा पुगिएको उनको भनाइ छ। 

बैठकले संघ सरकार, प्रदेश सरकार, राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी बस्ती खाली गरिने उनको भनाइ छ। काठमाडौं महानगर मात्रैले निर्णय गरेर अब बस्ती खाली गर्न डोजर लिएर नजाने निष्कर्षमा बैठक पुगेको थियो। 

प्रकाशित: Nov 30, 2022| 22:05 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।