मंगलबार, भदौ १०, २०८२

कास्कीमा ५ प्रतिशत मत बदर

कास्कीमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १ लाख ७८ हजार ८०६ मत खसेकामा सदर मत १ लाख ७० हजार ३४४ र बदर मत ८ हजार ४६४ रहेको तथ्यांक।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

गण्डकी– कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब ५ प्रतिशत मत बदर भएको छ। तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा २ लाख ९१ हजार ५६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १ लाख ७८ हजार ८०६ मत खसेकोे थियो।

त्यसमध्ये सदर मत १ लाख ७० हजार ३४४ र बदर मत ८ हजार ४६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले बताए।

त्यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ तीन वटै निर्वाचन क्षेत्रमा गरी ६ हजार ७३८ मत बदर भएको छ। जिल्लाको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६ हजार २० मत बदर भएको छ भने समानुपातिकतर्फ १० हजार ३८५ मत बदर भएको छ।–रासस

प्रकाशित: Nov 30, 2022| 15:35 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...