मंगलबार, भदौ १०, २०८२

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले कटायो २७ लाख मत

नेपाली कांग्रेस २५ लाख ६४ हजार १४ २८७ मत पाएर समानुपातिकतर्फ दोस्रो स्थानमा छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा २७ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख ३ हजार ९५७ मत पाएको हो। नेपाली कांग्रेस २५ लाख ६४ हजार १४ २८७ मत पाएर समानुपातिकतर्फ दोस्रो स्थानमा छ। नेकपा माओवादी केन्द्रले ११ लाख ४६ हजार ७३३ मतसहित तेस्रो स्थानमा छ। 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९९ हजार २२८ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार ९१२ मत ल्याउँदा जनता समाजवादी पार्टीले ४ लाख २ हजार ७७१ मत पाएको छ। जनमत पार्टीले ३ लाख ६७ हजार ९५७ मत पाएको छ। 

प्रतिनिधिसभामा १० सिट जितेको नेकपा एकीकृत समाजवादीले २ लाख ८६ हजार १२० मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले २ लाख ५३ हजार १७०, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ३१६, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ७०९, हाम्रो नेपाली पार्टीले ५४ हजार १०, मंगोल नेसनल अर्गनाइजेसनले ४७ हजार ८०४ मत प्राप्त गरेका छन्।

राष्ट्रिय जनमोर्चाले ४५ हजार ८०४ मत, नेपाल संघीय समाजवादी पार्टीले ३९ हजार ९३८, नेकपा माक्र्सवादी लेनिनवादीले २९ हजार ८३०, राष्ट्रिय जनमुक्ति पार्टीले २३ हजार ३५६, जनता प्रगतिशील पार्टीले १७ हजार ८१५, नेपाल आमा पार्टीले १७ हजार ६६९ मत प्राप्त गरेका छन्। 

यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७ हजार ४८१,  बहुजन एकता पार्टीले १६ हजार ६७८, नेपाली कांग्रेस बीपीले ११ हजार ९९०, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ११ हजार ७९४, नेपाली जनता दलले ९ हजार ६१५, नेपालका लागि नेपाली पार्टीले ८ हजार १०८, बहुजन शक्ति पार्टीले ८ हजार ६३, नेपाल कम्युनिस्ट पार्टीले ७ हजार १२५ मत ल्याएका छन्। 

नेपाल जनता पार्टीले ७ हजार ९०, नेपाल लोकतान्त्रिक पार्टीले ७ हजार ३०, नेकपा पुष्पलालले ७ हजार १२५, मितेरी पार्टी नेपालले ६ हजार ८८२, आमूल परिवर्तन मसिहा पार्टीले ६ हजार ३२२, जनजागरण पार्टी नेपालले ६ हजार २२३ मत ल्याएका छन्। 

जनसमाजवादी पार्टीले ५ हजार ७०५, नेकपा सामाजिक एकता पार्टीले ५ हजार ६७१, पिछाडावर्ग निषाद दलित जनजाति पार्टीले ४ हजार ८३९, विवेकशील साझा पार्टीले ३ हजार ९१६, नेकपा माओवादी समाजवादी पार्टीले ३ हजार ६४८ मत ल्याएका छन्। 

आयोगका अनुसार एकीकृत शक्ति नेपालले ३ हजार ४९०, राष्ट्रिय मुक्ति आन्दोलनले ३ हजार २३५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले ३ हजार २०३, मौलिक जरोकिलो पार्टीले ३ हजार ११२, तराई मधेस लोकतान्त्रिक पार्टीले ३ हजार ६९, नेपाल समावेशी पार्टीले २ हजार ६६८, नेकपा परिवर्तनले २ हजार ११०, नेश्नलिस्ट पिपल्स पार्टीले १ हजार ९६५ र राष्ट्रिय नागरिक पार्टीले १ हजार ९२१ मत प्राप्त गरेका छन्।

आयोगका अनुसार हालसम्म १ करोड ७५ हजार ९९७ मतगणना भइसकेको छ। प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्छ। कुल खसेको सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा–सुविधा प्राप्त हुन्छ।

प्रकाशित: Nov 30, 2022| 15:16 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...