मंगलबार, भदौ १०, २०८२

शुक्रबारदेखि प्रदर्शनमा आउँदै पासो

दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा बोल्छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं– आगामी शुक्रबारदेखि चलचित्र ‘पासो’ प्रदर्शनमा आउने भएको छ। यतिबेला अन्य नेपाली चलचित्र हलमा रिलिज नभएकाले पनि पासोका लागि लाभदायक देखिन्छ।

आरबी पुनको निर्देशनमा तयार भएको तथा भगवान भुजेल निर्माता रहेको फिल्म ‘पासो’ले निर्मातालाई राहत दिने अपेक्षा गरिएको छ। फिल्मको ट्रेलरबाटै यसको कथावस्तु केही भिन्न रहेको र प्रस्तुतिमा निर्देशकले नयाँपन खोजेको अनुमान गर्न सकिन्छ।

फिल्मको मुख्य भूमिकामा नायिका रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाईंको अभिनय छ। दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा बोल्छ।

यो फिल्ममा काम गर्दा १० दिनसम्म  बक्सभित्र बन्द भएको रिस्ताले बताइन्। फिल्म खिच्दाखिच्दै कैयौं पटक अब काम गर्न सक्दिनँसमेत भनेको रिस्ता सुनाउँछिन्। कतिपय समय पेनकिलर खाएर काम गरेको उनको भनाइ छ। सुनिशाले ५ दिनसम्म हात बाँधेर काम गरेकी थिइन्। ५ दिनसम्म हात बाँधेर काम गर्दा निकै गलेको अनुभव सुनाउँदै दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने तर्क सुनिशाले गरिन्।

फिल्म ‘पासो’का लागि दुई नायिका विगत केही दिनदेखि प्रचारमा व्यस्त छन् । दुवै नायिकाले आफूहरुको दुःख दर्शकले स्वीकार्ने अपेक्षा गरेका छन्।

प्रकाशित: Nov 30, 2022| 13:48 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।