काठमाडौं- अवैध लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उदयपुर, कटारी नगरपालिका-६ साँगुरीबाट लागूऔषध गाँजा करिब ६० केजीसहित ताप्ली गाउँपालिका २ धपने बस्ने २७ वर्षीय सरोज राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
राईले ताप्लीबाट मिर्चैयातर्फ ३ वटा बोरामा उक्त परिमाणको गाँजा लैजादै गरेको अवस्थामा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो।
कैलाली, लम्कीचुहा नगरपालिका-८ गोप्का बस्ने ४० वर्षीय गोपी उखेडालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
स्याङजा, गल्याङ नगरपालिका १ राम्दी चेकपोष्टबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ५० ग्राम सहित पाल्पा तानसेन नगरपालिका १२ बस्ने २४ वर्षीय बल बहादुर बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख ८४२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।