मंगलबार, भदौ १०, २०८२

बैतडीमा १९ हजार मत बदर

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी मत बदर भएका हुन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

बैतडी- मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करीब १९ हजार ७७१ मत बदर भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी मत बदर भएका हुन्।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेका थिए। जसमध्ये ४ हजार ९६२ मत बदर भएका छन्। प्रदेशसभा क्षेत्र नम्बर (१) मा प्रत्यक्षतर्फ ४० हजार १५५ मत खसेकोमा २ हजार १३ मत बदर भए। प्रदेशसभा क्षेत्र नम्बर (२) मा प्रत्यक्षतर्फ ३७ हजार २८० मत खसेकोमा १ हजार ८२० मत बदर भएका छन्।

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ७६१ मत खसेकोमा ५ हजार ४२१ मत बदर भएका छन्। प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकोमा ५ हजार ५५ मत बदर भएका छन्। मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै मत बदर भएका छन्। 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयाल भने मतदाता शिक्षा प्रभावकारी भएको दाबी गर्छन्। उनले भने, ‘काठमाडौंजस्ता शहरमा पनि मत बदर भइरहेका छन्, यहाँ त यो संख्यामा मत बदर हुनु स्वाभाविक हो। मतदाता शिक्षा प्रभावकारी नभएको भन्न मिल्दैन।’

धेरैजसो बदर भएको मत एउटै मतपत्रमा रहेका २ वा २ भन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको फुँयालले बताए। उनले भने, ‘केही मतपत्रमा औंठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा २ वा २ भन्दा बढी चिह्नमा छाप लगाएको पाइयो।’


प्रकाशित: Nov 30, 2022| 10:42 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...