मंगलबार, भदौ १०, २०८२

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

कुश्मास्थित जिपलाइनमा उनले मंगलवार साइकल कुदाएका हुन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

पर्वत- विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन्। कुश्मास्थित जिपलाइनमा उनले मंगलवार साइकल कुदाएका हुन्।

जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन्। ‘अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन,’ उनले भने। साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए।

पर्यटकीय शहर पोखराको लेकसाइडका वासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौंसम्म साइकलबाट यात्रा गरेपछि उनलाई साइक्लिङको नशा चढेको हो। त्यो बेला पोखराबाट ४ दिनमा काठमाडौं पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाए। 

बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गरेका छन्।

बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुगेका छन्। उनले एकैदिन साइकलबाट ३०० किलोमिटर यात्रा तय गरेका छन्।

साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ। बरालको जिपलाइनमा गरेको साइकल यात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ।

प्रकाशित: Nov 30, 2022| 09:53 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।