मंगलबार, भदौ १०, २०८२

समानुपातिकमा सात पार्टीले पाउने भए सिट, कसको कति?

गत साताको आइतबार (४ मंसिर) मा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रमध्ये १६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। अब चार वटा क्षेत्रको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- गत साताको आइतबार (४ मंसिर) मा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रमध्ये १६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। अब चार वटा क्षेत्रको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ।

सुनसरी ४ मा मतगणना जारी रहेकोमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ। कार्कीले २५ हजार ९ सय ४४ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइरहेका छन्।

दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै सुरु हुन सकेको छैन। पछिल्लो पटक उदयपुर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन्। उनले नेकपा एमालेकी मञ्जु चौधरीलाई २ हजार ३७९ मतान्तरले पराजित गरेका हुन्। खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गरे।

पछिल्लो नतिजासँगै मतगणना सकिएका १६१ क्षेत्रमध्ये कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा सात सात ठाउँमा विजयी भएका छन्। स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ। नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ। जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक एक ठाउँमा जितेका छन्।

समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। बुधबार बिहान ८ बजे निर्वाचन आयोगको वेबसाइटमा राखिएको विवरणअनुसार झण्डै एक करोड अर्थात् ९९ लाख ९३ हजार ५६८ मतगणना भइसकेको छ। कानुनअनुसार तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर सात वटा पार्टीले सिट पाउने देखिएको छ। 

माधव नेपाल नेतृत्वको नेकपा एसले अझै थ्रेसहोल्ड कटाउन सकेको देखिन्न। हालसम्मको विवरणअनुसार एमाले र कांग्रेसबीच दुई सिटको अन्तर हुने देखिएको छ। एमालेले सबैभन्दा धेरै भोट ल्याएर सबैभन्दा बढी सिट जित्ने भएको छ। एमालेले ३४ सिट पाउनेछ। कांग्रेस र एमालेको सिट अन्तर दुई छ। कांग्रेसले हालको गणना अनुसार ३२ सिट पाउनेछ।

माओवादी भोट संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा थोरै अघि भए पनि सिट संख्या भने दुवैको बराबर हुनेछ। दुवैले १४१४ सिट पाउनेछन्।

राप्रपाले ७ सिट पाउनेछ भने जसपाले ५ र जनमत पार्टीको ४ सिट कायम छ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले भने समानुपातिकतर्फको सिट नपाउने देखिएको छ। उसले २ लाख ८१ हजार ३४८ भोट ल्याएको छ। थ्रेसहोल्ड कटाउन गणना भएको मतअनुसार २ लाख ९९ हजार ८०८ मत ल्याउनुपर्छ। अर्थात् अझै १८ हजार ४६० मत नपुगेर थ्रेसहोल्ड पार गर्न सकेन नेकपा एसले।

थ्रेसहोल्ड कटाउन गणना भएको कुल सदर मतअनुसारको तीन प्रतिशत ल्याउनुपर्छ। त्यसैले नेकपा एसले अन्य स्थानमा ल्याएको थोरै मत हेर्दा यो संख्या पुर्‍याउन सक्नेमा शंका छ। यद्यपि गणना हुन बाँकी र पुनः मतदान हुने क्षेत्रहरुमा गठबन्धनले समानुपातिकमा कलमलाई एक छाप हानेर भोट संख्या बढाउन सक्ने झिनो सम्भावना भने बाँकी छ।

प्रकाशित: Nov 30, 2022| 08:55 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...