काठमाडौं- गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ।
सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।
पछिल्लो मत परिणाम अनुसार कार्कीले २५ हजार ९४४ मत ल्याउँदा कुसियैतको २५ हजार ६२२ मत आएको प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर ३२२ रहेको छ।