मंगलबार, भदौ १०, २०८२

समानुपातिक मतगणना अपडेट : कुन दलको अवस्था कस्तो?

गत मंसिर ४ गते भएको निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- गत मंसिर ४ गते भएको निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।

अब देशका चार वटा क्षेत्रको मतपरिणाम आउनमात्रै बाँकी छ। सुनसरी ४ मा मतगणना जारी रहेकोमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ। 

कार्कीले २५ हजार ९ सय ४४ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहेका छन्।

दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै सुरु हुन सकेको छैन। 

उता प्रतिनिधिसभातर्फ समानुपातिकको कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ। 

एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्र ११ लाख ४३ हजार ५०३ मतका साथ तेस्रो स्थानमा छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त​ गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मत पाएको छ। जनता समाजवादी पार्टी नेपालले ३ लाख ८८ हजार ४८२ मत र  जनमत पार्टी ३ लाख ४६ हजार ९७० मत ल्याएर राष्ट्रिय पार्टी बन्न सफल भएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी २ लाख ८१ हजार ३४८ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१  मत ल्याएका छन्।

प्रकाशित: Nov 30, 2022| 07:07 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...