काठमाडौं- उदयपुर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का निर्वाचित भएका छन्। प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९ मतान्तरले पराजित गर्दै खड्का निर्वाचित भएका हुन्।
खड्काले ३१ हजार २७० ल्याउँदा चौधरीले २८ हजार ८९१ मत प्राप्त गरिन्।
सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ।