मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई बालेनको जवाफ : सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै

ओलीलाई बालेनको जवाफ : सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै

बालेनले सकुम्बासीहरुलाई ओलीले गुठी आन्दोलन जस्ता आफ्ना स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गरेको आरोपसमेत बालेनको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र (बालेन) साहले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको आरोप लगाएका छन्। मंगलबार ओलीले सुकुम्बासीमाथि बल प्रयोग गलत भएको बताएपछि बालेनले फेसबुकमा स्टाटस लेख्दै यस्तो जवाफ फर्काएका हुन्। 

२०४७ साल यता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान नसकेको उनको भनाइ छ। 'मन्त्री र पटक पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन। सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे,' बालेनले लेखेका छन्। 

बालेनले सकुम्बासीहरुलाई ओलीले गुठी आन्दोलन जस्ता आफ्ना स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गरेको आरोपसमेत बालेनको छ।

'बरु तिन (सुकुम्बासी)लाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो। त्यो पनि राजनीतिक स्वार्थवश्,' बालेनले लेखेका छन्, 'तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले विरोध गर्नु असामान्य होइन।'

प्रकाशित: Nov 29, 2022| 19:44 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।