सुनसरी- सुनसरी-३ मा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन्। चौधरीले ४० हजार ७८८ मत पाउँदा निकटम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए।
गच्छदारको यो पहिलो हार हो। ०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिका खेलेका गच्छदारलाई चौधरीले तेस्रो प्रयासमा हराएकी हुन्। चौधरी पहिलो पटक निर्वाचित भएकी हुन्।
दोस्रो संविधानसभामा ३६२ मत र ०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले चौधरीलाई पराजित गरेका थिए। गत वर्ष सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा उपसभापति पदका लागि स्पर्धा गरेका गच्छदारलाई दुई मतान्तरले हारेका थिए।