काठमाडौं– नेपाल बैंकर्स संघ अध्यक्ष अनिल उपाध्यायले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था पालना नगरेको पाइएको छ। राष्ट्र बैंकले उपाध्याय सीईओ रहेको कृषि विकास बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको कार्यान्वयन नगरेपछि २० लाख रुपैयाँ जरिमाना गरेको हो।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकबाट गएको टोलीले कृषि विकास बैंकमा गरेको अध्ययनपछि सम्पत्ति शुद्धीरणसम्बन्धी व्यवस्था पालना नगरेको पाइएसँगै जरिमाना गरेको हो। कृषि विकास बैंकमा सरकारको पनि लगानी हिस्सा छ।
सरकारले जारी गरेको नीति–नियम अन्य बैंकलाई समेत लागू गराउनुपर्नेमा उपाध्यायले आफ्नै बैंकमा समेत लागू गर्न नसक्दा जरिमाना तिर्नुपरेको चर्चा बैंकिङ वृत्तमा छ।