सिन्धुपाल्चोक– मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ।
समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुन सक्ने भएकाले सतर्क रहन सूचित गरेको हो।
सुरुङ प्रवेश मार्ग सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समय पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। माछा मार्न, बस्तुभाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सूचनामार्फत अनुरोध गरिएको छ।
गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरण कार्य सोमबारदेखि पुनः सुरु गरिएको छ।–रासस