काठमाडौं- एभरेष्ट बैंक र टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ बीच एक सम्झौंता भएको छ। आज भएको सम्झौंता अनुसार टाटाका कार किन्न चाहने ग्राहकलाई एभरेष्ट बैंकले कर्जा दिने छ।
यसअघि नविल बैंकसँग सम्झौंता गरेको सिप्रदीले अर्को सम्झौंता एभेष्ट बैंकसँग गरेको हो। एभरेष्ट बैंकसँगको सम्झौता अनुसार नविल बैंकले भन्दा सस्तो ब्याजदरमा एभरेष्टले कर्जा उपलब्ध गराउने भएको छ।
टाटाले विक्री गर्ने विद्युतीय गाडीमा नविल र एभरेष्ट बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छन्। अहिले टाटाले विक्री गर्दै आएको नेक्सन ईभी र टिगोर ईभीमा ७ वर्षसम्मको लागि कर्जा प्रदान गर्ने छन्। एभरेष्ट बैंकले १२.८ प्रतिशत ब्याजदरमा टाटाका गाडीलाई कर्जा दिनेछ। त्यहि नविल बैंकले १२.९९ प्रतिशतमा कर्जा उपलब्ध गराउने सम्झौंता गरेको थियो।
टाटाले विक्री गर्दै आएको नेक्सन ईभी अहिले नेपालमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक एसयूभी हो। साथै, टाटा टिगोर कप्याक्ट सेडान कार हो। यसको पनि राम्रो विक्री भइरहेको छ। टाटाले चाँडै ह्याचव्याक टियागो ईभी पनि बजारमा ल्याउने गरी तयारी गरिरहेको छ।