शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच इभी खरिदमा कर्जा सुविधासम्बन्धी सम्झौता

नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच इभी खरिदमा कर्जा सुविधासम्बन्धी सम्झौता

नबिल बैंक र नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी साधन (इभी) र इन्टरनल कम्बुस्टन इन्जिन (आइसिई) मा कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- नबिल बैंक र नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी साधन (इभी) र इन्टरनल कम्बुस्टन इन्जिन (आइसिई) मा कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतापत्रमा नबिल बैंकका सिनियर डिसीइओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरेका हुन्। 

यो सम्झौतासँगै ग्राहकले हुन्डाई गाडी, इभी र इसिई खरिदका लागि नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने भएका छन्। 

आवश्यक कागजपत्र प्रमाणीकरण भएको ३ कार्यदिनभित्र ग्राहकले कर्जा सुविधा पाउनेछ। यस्तो कर्जा ७ वर्ष अवधिको हुने कम्पनीले बताएको छ। इभी गाडी खरिदका हकमा व्यक्तिले कुल मूल्यको ८० प्रतिशतसम्म र संस्थाले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने सम्झौता भएको छ।

आइसिईमा भने व्यक्तिले ५० प्रतिशत र संस्थाले ७० प्रतिशतसम्म कर्जा सुविधा पाउनेछन्। ग्राहकले यो सुविधा देशभर रहेका नबिल बैंकका शाखा कार्यालयहरू र हुन्डाईका १७ वटा शोरूमबाट सहजै प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। 


प्रकाशित: Nov 29, 2022| 13:55 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्