शुक्रबार, असार २७, २०८२

सामसङ नेपालद्वारा बम्पर पुरस्कार हस्तान्तरण

सामसङ नेपालले दशैं बम्पर पुरस्कार हस्तान्तरण गरेको छ। यस अन्र्तगत २६ जनालाई सामसङ टिभी र एक जनालाई बम्पर उपहार स्वरुप कार हस्तान्तरण गरिएको हो।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- सामसङ नेपालले दशैं बम्पर पुरस्कार हस्तान्तरण गरेको छ। यस अन्र्तगत २६ जनालाई सामसङ टिभी र एक जनालाई बम्पर उपहार स्वरुप कार हस्तान्तरण गरिएको हो।  

वर्षैभरि आफ्नो ग्राहकहरुको लागि केहि न केहि नयाँ र आकर्षक योजनाहरु तथा अफरहरु ल्याउने क्रममा सामसङले यसपालीको दशैंमा आफ्नो प्रयोगकर्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार डेली टिभी, ड्याम्मै कार’ अफर ल्याएको थियो।  

यो अफर गत महिना अगस्त २८ गतेदेखि सेप्टेम्बर ३० सम्म चलेको थियो। यस अन्र्तगत २६ जना भाग्यशाली विजेताहरुले एक–एक नयाँ सामसङ टि भी ६५ घर लगे भने एक भाग्यशाली विजेताले अफरको बम्पर पुरस्कार एउटा नयाँ कार जितेका छन्। बम्पर पुरस्कार स्वरुप रेनौल्ट किवदको कार विजेतालाई हस्तान्तरण गरिएको छ।

यस अफरमा भाग लिन र लटरीको हिस्सा बन्न सामसङको ग्राहकहरुले अफर अवधि भर कुनै पनि सामसङको आधिकारिक आउटलेट वाइकमर्स साइटबाट सामसङको कुनै पनि स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुपर्ने थियो।  

उक्त अवधिमा दैनिक बिजेताहरु हरेक हप्ता पीएएन नेपालद्वारा सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमा घोषित गरिएको थियो।  लटरी गत ५ सेप्टेम्बेरबाट सुरु भएर ५ हप्तासम्म चलेको थियो।  

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले अफरको बारेमा बोल्दै भने, ‘सर्वप्रथम त म सबै भाग्यशाली विजेताहरूलाई बधाई दिन चाहन्छु। सामसङले सधै हाम्रा ग्राहकको कदर गर्दै उहाँहरुको लागि बर्षै भरि केहि न केहि नयाँ र रोमान्चक अफरहरु लिएर आइरहेको हुन्छौं र हाम्रा ग्राहकहरुले पनि हामीबाट अझ नौलो र उत्साहजनक अफरहरुको अपेक्षा गरिरहेका हुन्छन। हामीले यो कार्यक्रम जस्ता अवसरहरुमा ग्राहकहरुसँग विजय मनाउन र उहाँहरुसँग खुसियाली बाँड्ने मौका पाउछौं।’


प्रकाशित: Nov 29, 2022| 13:47 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्