मंगलबार, भदौ १०, २०८२

इजरायली फिल्म निर्माता नदाव लपिडले भने–कश्मीर फाइल्स भद्दा प्रोपोगान्डा हो

सन् १९९० दशकमा कश्मीरी पण्डितको पलायन र हत्यामा आधारित कश्मीर फाइल्सलाई भारतको गोवामा सञ्चालन भइरहेको ५३औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा जुरी अध्यक्ष तथा इजरायली फिल्म निर्माता नदाव लपिडले प्रोपोगान्डा भनेपछि विश्वव्यापी तरंग।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं– भारतको गोवामा सञ्चालन भइरहेको ५३औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल अफ इन्डिया (आईएफएफआई)को समापन समारोहमा जुरी अध्यक्ष तथा इजराइली फिल्म निर्माता नदाव लपिडले ‘कश्मीर फाइल्स’मार्फत भद्दा प्रोपोगान्डा’ गरिएको बताए।  

चुनिएका फिल्मको घोषणाअघि नै मञ्चमा पुगेर लपिडले भने, ‘हामीले डेब्यु प्रतिस्पर्धाका लागि सात फिल्म र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि १५ फिल्म हेर्‍यौं। यसमा १४ फिल्म अत्यन्तै राम्रा थिए, जसले दमदार बहस छेडे। १५औं फिल्म ‘कश्मीर फाइल्स’ हेरेपछि हामी सबै विचलित भयौं। यो एक प्रोपोगान्डा र भद्दा फिल्म लाग्यो। यस किसिमको प्रतिष्ठित फिल्म फेस्टिबलका कलात्मक प्रतिस्पर्धाका लागि कश्मीर फाइल्स अयोग्य थियो।’

यो मञ्चबाट आफ्नो भावना सुनाउन र बाड्न पाउँदा धन्य भए पनि कला र जिन्दगीका लागि फेस्टिबलमा गम्भीर बहस पनि हुनुपर्ने उनले औंल्याए। लपिडले आफ्ना कुरा लेखेरै सुनाएका थिए। 

समापन कार्यक्रममा भारतका केन्द्रीय सूचना एवं प्रसारणमन्त्री अनुराग ठाकुर पनि सहभागी थिए। समारोहअघि एक अन्तर्वार्तामा उनले म राम्रो फिल्म हेर्न चाहन्छु र राम्रो फिल्म बनून भन्ने शुभकामना दिएका थिए। 

लपिडको मन्तव्यपछि सामाजिक सन्जालमा अनेक प्रकारका प्रतिक्रिया आएका छन्। ज्योत जीत नामक ट्वीटर प्रयोगकर्ता लेख्छन्, ‘उनको टिप्पणी जनोसाइडका पीडितको अपमान हो र भारतकै भावनामा आहत पुर्याउने खाले थियो।’

त्यसैगरी टीआरएसको सामाजिक सन्जालमा कन्वीनर वाई सतीश रेड्डी लेख्छन्, वैश्विक स्तरबाट भारतलाई धुमिल बनाउन बीजेपी सफल भयो।’

यी हुन् नदाव लपिड, जसले बक्स अफिसमा कमाल गरेको फिल्मलाई भद्दा प्रोपोगन्डाको संज्ञा दिए। 

१९७५ मा इजराइलको तेलअभिभमा जन्मिएका नदाव लपिडले अभिभ विश्वविद्यालयबाट दर्शनशास्त्र गरेका छन्। सैन्य सेनामा गएपछि उनले केही समय पेरिसमा बिताएका थिए। पछि उनले इजरायल फर्किएर जेरुसेलमको फिल्म एन्ड टेलिभिजन स्कुलबाट स्नातक गरे। गोल्डन बियर र कान ज्यूरी प्राइज जितेका लपिडले निर्देशन गरेको पुलिसमेन, किन्डरगार्टन टिचर, अहेट्स नीजस्ता फिल्म छन्।

आफ्नो बयानका कारण लपिड सधैं विवादमा आउने गर्छन्। उनले यसपालि विवेक अग्निहोत्रीले निर्देशन गरेको फिल्म कश्मीर फाइल्समाथि स्पष्ट विचार राखे। अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशीलगायतको मुख्य भूमिका रहेको कश्मीर फाइल्स प्रदर्शन आएदेखि नै विवादमा मुछिएको थियो। केही भारतीय फिल्म समीक्षकले समेत यो फिल्मलाई प्रोपोगान्डा भनेका थिए। 

यो फिल्म सन् १९९० को दशकमा कश्मीरका पण्डितको पलायन र हत्यामा आधारित छ। यो फिल्म चल्दा भारतका चार राज्य हरियाणा, मध्यप्रदेश, कर्नाटक र गुजरातमा कर छुटको घोषणासमेत गरिएको थियो। यी चारै राज्य बिजेपी शासित हुन्। अत्यधिक कमाइ गर्न सफल कश्मीर फाइल्स प्रदर्शनमा आएको एक दिनपछि विवादमा मुछिएको थियो।

सोही समय निर्देशक अग्निहोत्री र प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त फोटोलाई फिल्म निर्माता अभिषेक अग्रवालले मोदी र अग्निहोत्रीको फोटोलाई रि–ट्वीट गरेका थिए। जुन पछि सामाजिक सन्जालमा भाइरल भएको थियो।

बीबीसी हिन्दीबाट

प्रकाशित: Nov 29, 2022| 13:25 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।