काठमाडौं– प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मत गणनामा सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाएको छ। ज्नमत पार्टीले ३ लाख २० हजार २ सय ४८ मत ल्याएको हो।
निर्वाचन आयोगको आकलनअनुसार कुल सदर मतको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ, जसलाई थ्रेसहोल्डको सीमा मानिने गरेको छ।जनमत पार्टीले समानुपातिक मत ३ लाख २० हजार कटाएसँगै प्रत्यक्षतर्फ १ सिट जितेकाले राष्ट्रिय दल बन्नेछ।
जनमत पार्टीसहित राष्ट्रिय दल बन्ने पार्टीको संख्या ७ पुगेको छ। यसअघि एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ।