काठमाडौं- प्रदेश सभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ। निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेश सभाको समानुपातिकमा अग्रस्थानमा छ। मधेश प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ।
मंगलवार बिहान ११ः३० बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार ५०७, मधेशमा १८ लाख ४१ हजार ४६१, बागमतीमा १६ लाख ८२ हजार ४४४, गण्डकीमा ९ लाख १८ हजार ८३९, लुम्बिनीमा १८ लाख ८७ हजार ७८, कर्णालीमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ७ लाख ७८ हजार ३०४ मत गणना भएको छ।
प्रदेश १ मा एमालेले ५ लाख ९९ हजार ९५९, कांग्रेसले ५ लाख ३ हजार १६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८२ हजार ९०९ र नेकपा (माओवादी केन्द्र)ले एक लाख ६८ हजार ७३४ मत ल्याएको छ।
मधेश प्रदेशमा कांग्रेसले सबैभन्दा बढी ३ लाख ५७ हजार ९२२, एमालेले ३ लाख २१ हजार २१०, जनमत पार्टीले २ लाख ६६ हजार ८३२, जनता समाजवादी पार्टीले २ लाख ६२ हजार ४४४ र माओवादी केन्द्रले १ लाख ६७ हजार ६७ मत ल्याएको छ।
बागमती प्रदेशमा एमालेले ५ लाख २ हजार ९२३, कांग्रेसले ४ लाख २७ हजार २३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५७ हजार ८५७ र माओवादी केन्द्रले २ लाख ३६ हजार ५५९ मत प्राप्त गरेको छ। गण्डकी प्रदेशमा एमालेले ३ लाख ४० हजार ५३३, कांग्रेसले ३ लाख १७ हजार ५९६ र माओवादी केन्द्रले १ लाख १५ हजार ३६६ मत पाएको छ।
लुम्बिनी प्रदेशमा एमालेले ५ लाख ७० हजार ९२१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादी केन्द्रले १ लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१ मत प्राप्त गरेको छ।
कर्णाली प्रदेशमा एमालेले १ लाख ८३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादी केन्द्रले १ लाख ३७ हजार ६३९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ३३ हजार ५२०, कांग्रेसले २ लाख २६ हजार १७० र माओवादी केन्द्रले एक लाख १३ हजार ८६३ मत पाएको आयोगले जनाएको छ।
प्रतिनिधि सभाको समानुपातितर्फ पनि एमालेको अग्रता देखिएको छ। हालसम्म ९६ लाख ७० हजार ८३३ मत गणना गर्दा एमालेले सबैभन्दा धेरै २६ लाख ७ हजार ४७२ मत प्राप्त गरेको छ। कांग्रेसले २४ लाख ७० हजार २३४, माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४, राप्रपाले ५ लाख ५४ हजार ७५७, जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७७३ र जनमत पार्टीले ३ लाख १६ लाख ६५३ मत प्राप्त गरेका छन्।