मंगलबार, भदौ १०, २०८२

उदयपुर १ को मतगणना सुरु, एमालेको बहिष्कार

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई मत गणनाको अख्तियारी दिएपछि विवाद भएको १०० मत बदर गरी गणना सुरु भएको हो।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं– प्रतिनिधिसभातर्फ उदयपुर १ को मतगणना ११ बजेदेखि सुरु भएको छ। यो क्षेत्रमा तीन दिनदेखि मतगणना अवरुद्ध थियो। निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई मतगणनाको अख्तियारी दिएपछि विवाद भएको १०० मत बदर गरी गणना सुरु भएको हो।

मत गणना सुरु गर्ने निर्णयसँगै एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीलगायत मतगणना स्थलबाट बाहिरिएका छन्। मत गणनाको क्रममा पछिल्लो पटक आइतबार बिहान खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (ख) प्रदेशसभाको १०० मत पत्र भेटिएकाले गणना रोकिएको थियो।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोलिएको थियो। त्यसै क्रममा प्रदेशसभाको क्षेत्र (ख) को १०० मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गर्दै आएका थिए।

हालसम्म यो क्षेत्रमा ७६ हजार ७५६ मत खसेकामा ६३ हजार ८० मतगणना भइसकेको छ। कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन्। खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

प्रकाशित: Nov 29, 2022| 11:42 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...